दमक। सुन्दरहरैँचा भेट्रान्स मोरङको उर्लाबारीमा जारी दोश्रो उर्लाबारी भेट्रान्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ।
राधिका माविको खेलमैदानमा सम्पन्न खेलमा सुन्दरहरैँचाले कनकाई भेट्रान्स झापालाई २-० को स्पष्ट अन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान शुरक्षित गरेको हो।
खेलको शुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको शुन्दरहरैँचाका लागि सिताराम बास्तोलाले खेलको ११ औं मिनेटमा दर्शनीय गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यसपछि झनै आक्रामक देखिएको उसका लागि २३ औं मिनेटमा सुरज कुमार श्रेष्ठले गल गर्दै दुई शुन्यको जित दिलाए ।
उर्लाबारी भेट्रान्सको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद ७५ हजार र उप-विजेताले नगद ५० हजार रुपैयाँ हात पार्नेछ ।
सोमबार उपाधि दाबेदार सुनसरीको ईटहरी भेट्रान्स र विर्तामोड भेट्रान्स आमने-सामने हुनेछन् । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरि ८ टिमको सहभागिता रहेको छ।