

काठमाडौं। नेपाल बुद्धिचाल महासंघको नवौं तथा विषेश साधारणसभा ललितपुरको च्यासल स्थित तुल्सीलाल प्रतिष्ठानमा चैत २९ र ३० गते हुने भएकोछ।
सातै प्रदेश र ५५ जिल्लाका गरि ११८ जना प्रतिनिधिहरुको सहभागीता रहने साधारणसभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदनमा छलफल गर्नेछ भने रिक्त रहेको अध्यक्ष , वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको पदपूर्ति निवार्चन प्रक्रियाबाट गर्नेछ ।
उक्त साधारणसभा सम्पन्न गर्न उपाध्यक्ष धन बहादुर बोगटीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ भने राजु ताम्राकारको संयोजकत्वमा आवास व्यवस्थापन उप समिति गठन गरेकोछ।
त्यसैगरी उप महासचिव मोनालिसा खम्वुको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उप समिति , निरन्जन प्रजापतिको संयोजकत्वमा मसलन्द उप समिति , मञ्च तथा हल व्यवस्थापन उप समितिमा रमिला पोखरेल र दिपेन राईको संयोजकत्वमा स्वयमसेवक उप समिति गठन गरेकोछ।
अध्यक्षमा हेराकाजी, वरिष्ठतम् उपाध्यक्षमा दिपेन राई र उपाध्यक्षमा राजाबाबुको उम्मेदवारीको तयारी रहेको छ। उक्त साधारणसभा रिक्त हुने अध्यक्ष पदमा कार्यवाहक अध्यक्ष ललितपुरका हेराकाजी महर्जन , वरिष्ठ उपाध्यक्ष पदमा इलामका दिपेन राई र उपाध्यक्ष पदमा बाराका राजाबाबु रौनियारले उम्मेदवारी दिने तयारी गरेका छन्।
नेपाल खेलकुद महासंघ, नेपाल खेलकुद महासंघ समाजवादी र अखिल नेपाल खेलकुुद महासंघका पदाधिकारीहरुको संयुक्त बैठक पछि सो निर्णयमा पुगेको हो।
साथै साधारणसभामा सर्वसम्मत रुपमा पदाधिकारीको निर्वाचन सम्पन्न गर्न अरु सबै पक्षसंग छलफल गर्नको लागि नेपाल बुद्धिचाल महासंघका महासचिव तथा नेपाल खेलकुद महासंघका महासचिव समेत रहेका धरम बहादुर लामा , नेपाल खेलकुद महासंघका उप महासचिव अनिल रिजाल, नारायणदास गमाल र अखिल नेपाल खेलकुद महासंघका दिपेन राईलाई जिम्मेवारी दिइएकोछ।