गोदावारीमा उपत्यकाब्यापी अन्तर पालिका फुटबल हुने

Logo
Khelkud Times बुधबार, बैशाख १२, २०८१

ललितपुर। ललितपुरको गोदावरी नगरपालिकाले प्रथम उपत्यकाब्यापी अन्तर नगरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको आयोजना आयोजना गर्ने भएको छ। गोदावरी नगरपालिका वडा नं. १० स्थित ताहाखेल , झ्यालेन्टारमा रहेको रङ्गशालामा खेलाइने फुटबल प्रतियोगिता राष्ट्रिय योजना आयोगको प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको छ।

मेयर कप फुटबल प्रतियोगितामा काठमाडौंका ९ स्थानीय तह, ललितपुरका ५ र भक्तपुर १ टिम गरि कूल १५ टिमको सहभागीता रहने छ। सम्बन्धित स्थानीय तहका खेलाडीहरुले मात्र सहभागी हुन पाउने यस फुटबल खेलले स्थानीय खेलाडीहरुको खेल स्तर उकास्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने काममा टेवा पुर्‍याउने उदेश्य बोकेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी गराएका छन्।

मेयर गजेन्द्र महर्जनका अनुसार नगरपालिकाले आम नागरिकको जनजीवन सहज बनाउने र सरल पहुँच दिने, बिकास निर्माण साथै दैनिक सेवा सुविधा बाहेक पनि रचनात्मक क्रियाकलाप मार्फत नगरपालिकालाई परिचित गराउन प्रतियोगिताको आयोजना गर्न लागेको बताएका छन्। उनका अनुसार प्रतियोगिता बैशाख १५ गते देखि प्रारम्भ गरिने भएको छ।


कूल बजेट खर्च ४८ लाख रहेको जानकारी दिदै मेयर गजेन्द्र महर्जनले विजेता टिमलाई नगद रू. ५ लाख, मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेता टोलिले नगद रु. ३ लाख , मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी गराएका छन्। यसका साथै अनुशासन टोलिलाई रु. ५० हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वार्ड, सर्वाधिक र उत्कृष्ट प्रशिक्षकलाई रु. २५/२५  हजार नगदले सम्मान गर्ने छन्।


यसै सन्दर्भमा प्रतियोगिता वडा नं. १४ का अध्यक्ष निरोज वज्राचार्य संयोवक रहने गरि विज्ञहरुको प्रतियोगिता कार्यान्वयन समिति पनि गठन गरिएको जानकारी गराएका छन्। समितले १५ टिम , ३ सय फुटबल खेलाडी, ८ निर्णायक र १०१ स्वयंसेवक र सहयोगीहरु छनौट गरेका छन्।

गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालका अनुसार अन्तर नगरपालिका मेयर कपको उदघाटन बैशाख १५ गते नेपाली काँग्रेस पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने तय भएको छ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क