वीरगञ्ज। वीरगन्जमा सम्पन्न तीन दिवसीय राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवाल च्याम्पियन भएका छन्। नेपाल बुद्धिचाल महासंघको समन्वयमा पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको संयुक्त आयोजनामा मुनलाईट युथ एण्ड क्याडेट नेशनल चेस च्याम्पियनशिप बुधवार सम्पन्न भएको हो ।
प्रतियोगितामा १८ वर्ष मुनितर्फ पुरुषोत्तम सिलवाल प्रथम, उमेश भट्ट द्वितीय र शुभम श्रेष्ठ तृतीय भएका हुन । १६ वर्ष मुनीतर्फ अनुष्ण गौतम प्रथम, आद्यन्त काफ्ले द्वितिय क्षितिज सेन तृतिय भएका छन् । १४ वर्ष मुनीतर्फ अनुपजंग शाह प्रथम, कृषान्त घिमिरे द्वितिय र कशिव कार्की तृतिय भएका छन् ।
१२ वर्ष मुनीतर्फ अबिन पाण्डे प्रथम, ओस्कार पन्थी द्वितिय र सरल मैनाली तृतिय भएका छन् । १० वर्ष मुनीतर्फ अग्रिम सैँजु प्रथम, काठमाण्डौका हार्दिक पन्त द्वितिय र साहस श्रेष्ठ तृतिय भएका छन् । ८ वर्ष सुनभ ओझा प्रथम, आर्थव त्रिपाठी द्वितिय र आगमन ठकुरी तृतिय भएका छन् ।
त्यसैगरि छात्रा अन्तर्गत १८ वर्ष मुनीतर्फ सनम श्रेष्ठ विजेता र साक्षी साह उपविजेता बनेका छन् । १६ वर्ष मुनि पुर्णिमा गुरुङ प्रथम, उज्जीवनी कँडेल द्वितिय र बिनिता प्रजापती तृतिय भएकी छन् । १४ वर्ष मुनीतर्फ स्नेहा कुमारी साह विजेता र सृष्टि साह उपविजेता बनेका छन् ।
१२ वर्ष मुनी बिबिशा तामाङ् विजयी हुँदा अग्रवाल उपविजेता बनेकी छन् । १० वर्ष मुनी ईशा गिरी प्रथम, सिम्रन गुरुङ द्वितिय र कृतिमा तिमिल्सीना तृतिय भएका छन् । ८ वर्ष मुनीतर्फ अग्रता आचार्य विजेता हुँदा आर्जु रोकाय उपविजेता बनेकी छन् ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धर्म बहादुर लामाले खेलकुदलाई हेर्ने राज्यको दृष्टिकोण नफेरिएसम्म खेलकुदको विकास हुन नसक्ने आफ्नो धारणा छ ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय राजु ताम्राकारले सदस्य सबै उमेर समूहका विजेताहरु आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन यूथ चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने बताएका छन् ।
बैशाख १० गतेदेखि सुरु भएको प्रतियोगीतामा नेपालगञ्ज, बुटवल, मोरङ्, काठमाण्डौ, भक्तपुर लगायतका जिल्लाबाट ७५ जना प्रतिस्पर्धीको सहभागीता रहेको थियो ।