एक खेल अगाबै कोशी मुख्यमन्त्री कपको फाईनलमा

Logo
Khelkud Times सोमबार, आषाढ २५, २०८१

बिराटनगर। मोरङको बिराटनगरमा जारी दोश्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कोशी प्रदेश फाईनलमा प्रबेश गरेको छ। लगातार दुई खेलमा जित निकाल्दै कोशी प्रदेश एक खेल अगाबै फाईनलमा प्रबेश गरेको हो । पहिलो खेलमा उपाधि दाबेदार बागमती प्रदेशमाथि शानदार जित निकालेको कोशी सोमबार आफ्नो दोश्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।

उसले सुदूरपश्चिममाथि २५-२०, २५-२० र २५-१५ को सोझो सेटमा जित निकालेको थियो । पहिलो सेटमा १२-७ ले पछि परेको अबस्थामा दबाबमा रहेको कोशीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै खेल २५-२० ले आफ्नो पक्षमा पार्दै बेष्ट अफ फाएभको खेलमा एक शुन्यको अग्रता लिएको थियोे । दोश्रो सेटमा पनि कोशी ५ अंकले नै पछि परेको थियो तर उसले उत्कृष्ट प्रदर्शन सँगै खेलमा २५-२० कै नतिजा निकाल्दै खेलमा दुई शुन्यको अग्रता लिएको थियो।

लगातार दुई सेटमा ५ अंकले पछि परेको अबश्थालाई उल्टाउँदै जित निकालेको कोशीले तेश्रो सेटमा भने शुरुवात देखीनै अग्रता कायम गर्दै २५-१५ को फराकिलो जित निकालेको थियो । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेकी कोशीकी मनिका श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भईन् । उनले नगद दुई हजार हात पारिन् । अब कोशीले लिगको अन्तिम खेलमा मंगलबार मधेस प्रदेशसँग प्रतिश्पर्धा गर्ने खेल संयोजक थलु राजभण्डारीले खेलकुद टाईम्सलाई जानकारी दिनुभयो। उहाँका अनुसार मंगलबार नै फाईनल प्रबेशका लागि सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच पनि प्रतिश्पर्धा हुनेछ । दुबै टिमले एक/एक खेलमा जित हासिल गरेकाले फाईनल प्रबेशका लागि जित्नै पर्ने दबाब रहेको छ।

प्रतियोगिताको विजेताले नगद तीन लाख, उप-विजेताले नगद दुई लाख, तेश्रो हुने टोलीले नगद एक लाख र चौथो हुने टोलीले नगद पचास हजार रुपैयाँसँगै ट्रफी हात पार्नेछन्। प्रतियोगिताको आयोजना कोशी प्रदेश खेलकुद बिकास बोर्डले गरेको हो। फाईनल खेल २६ गते हुने।

 

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क