बिराटनगर। मोरङको बिराटनगरमा जारी दोश्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्।
मंगलबार सम्पन्न खेलमा बागमती प्रदेशमाथि सुदूरपश्चिमले जित निकालेसँगै उपाधिका लागि कोशी र सुदूरपश्चिम भिड्ने निश्चित भएको हो। कोशी प्रदेश सोमबार नै फाईनल प्रबेश गरिसकेको थियोे।
उसले उपाधि दाबेदार बागमतीमाथि तीन दुईको कठिन जित हात पारेको थियोे । पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको सुदूरपश्चिमले दोश्रो र तेश्रो सेट समान २५-२० ले गुमाएको थियोे ।
लगातार दुई सेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमले चौथो सेटमा उत्कृष्ट पुनरागमन जनाउँदै २५-२० को जित निकालेेको थियोे । त्यसपछि पाँचौ तथा निर्णायक सेटमा १५-१३ को जित निकाल्दै सुदूरपश्चिमले बागमतीलाई पाखा लगाउँदै फाईनल यात्रा तय गरेको हो ।
फाईनल खेल बुधबार हुनेछ । सो भन्दा अगाडि तेश्रो स्थानका लागि बागमती प्रदेश र मधेस प्रदेशबीच खेल हुने खेल संयोजक थलु राजभण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले नगद तीन लाख हात पार्नेछ । प्रतियोगिताको आयोजना कोशी प्रदेश खेलकुद बिकास बोर्डले गरेको हो।