एजेन्सी। सन फ्रान्सिस्को युनिकर्नलाई पराजित गर्दै वासिङ्टन फ्रिडमले दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमसिएल) जितेको छ । अमेरिकाको डालसमा सोमबार बिहान भएको फाइनलमा वासिङ्टनले ९६ रनको फराकिलो जित हात पार्दै उपाधि जितेको हो ।
वासिङ्टनले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको सन फ्रान्सिस्कोले १६ ओभरमा अल आउट हुदै १ सय ११ रन मात्र बनायो ।
सन फ्रान्सिस्कोका लागि कर्माल रुक्सले १९ बलमा सर्वाधिक २० रन बनाए । जोस इंग्ल्सिले १८, फिना एलेन, सन्जय कृष्णमुर्ती र प्याट कमिसले समान १३ रन जोडे । वासिङ्टनका लागि मार्को यानसन र रचिन रविन्द्रले समान ३, एन्ड्रु टायले २ तथा सौरभ नेत्राभाल्कर र ग्लेन म्याक्वेलले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वासिङ्टन फ्रिडमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।
वासिङ्टनका लागि कप्तान स्टिभ स्मिथले ५२ बलमा ७ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ८८ रन बनाए ।ग्लेन म्याक्सवेलले २२ बलमा ४० रन बनाउँदा आन्र्देश गौसले १४ बलमा २१ रन थपे । मुख्तार अहमदले अविजित १९, ओबस पिनारले १३ र ट्राभिस हेडले ९ रन बनाए ।
सन फ्रान्सिस्कोका लागि प्याट कमिन्सले २, हसन खान, हरिस रउफ समान १ विकेट लिएका थिए ।
वासिङ्टनले पहिलो पटक लिग जितेको हो । पहिलो संस्करणमा एमआई न्युयोर्क च्याम्पियन भएको थियो ।