दिल्ली। विश्व चर्चित क्रिकेटर हार्दिक पाण्डे आईसीसी टी-२० क्रिकेटको वरीयतामा विश्व नम्बर एक अलराउन्डर बनेका छन्।
आईसीसी टी-२० अलराउन्डर क्रिकेटरको सूचीमा पाण्ड्याको २ सय ४४ अंक पुगेको उनी दुई अंकको अग्रता लिएर पहिलो स्थान कायम गरेका हुन्।
यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी २ सय ३१ अंकसहित आईसीसी टी-२० अलराउन्डरको दोस्रो स्थानमा छन्।
त्यस्तै इङ्ल्यान्डका लियम लिभिङ्स्टन २ सय ३० अंकसहित तेस्रो स्थानमा छन्।