एनपिएल खेल्न शिखर धवन आए काठमाडौं

सोमबार जनकपुर बोल्ट विरुद्ध खेल्ने
Logo
Khelkud Times शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं। कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन्।

धवन नेपाल आइपुगेको कर्णाली याक्सले जनाएको छ। उनलाई स्वागत गर्न कर्णाली याक्सका पदाधिकारीहरु त्रिभुवन विमानस्थल पुगेका थिए।

धवनले कर्णालीबाट कम्तीमा ३ खेल खेल्नेछन्। उनले एक खेलको ३० हजार डलर पाउनेछन्। ३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् ।

उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल समेत जिताएका थिए । त्यस्तै, उनलेे भारतलाई एसिसी एसिया कपको उपाधि पनि जिताएका छन्।

कर्णाली याक्सको टोलीमा धवनसँगै गुल्सन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी, दीपक डुम्रे, विपिनप्रसाद शर्मा, चादविक वाल्टन, बाबर हायात, हुसेन तलात, सोमपाल कामी, जिसन मक्सुद रहेका छन्। कर्णालीले पहिलो खेलमा सोमबार जनकपुर बोल्टसँग प्रतिश्पर्धा गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क