पुरुषोत्तम सिलवाल र बिनिता कपाली च्याम्पियन 

Logo
आइतबार, मंसिर २३, २०८१

भक्तपुर। नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिता शनिवार सम्पन्न भएको छ। महासंघको पूर्व घोषित क्यालेण्डर प्रतियोगितामा नेपालका उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल विजयी भएका हुन्। भक्तपुरको बाचामरी स्थित होटल सिटि गाउँ सभाहलमा ९ चरणको प्रतिस्पर्धात्मक खेल मार्फत काठमाडौंका युवा पुरुषोत्तम सिलवालले ६.५ अंक जोडेर उपाधि जितेका छन्। उनले ४ जीत र ५ बराबर नतिजा आत्मसाथ गर्दै अपराजित रहन पुगे। खेल पूर्व निर्धारित डाइरेक्ट इन्काउण्टर , मोष्ट वीन र बुछोल्स् नियम लागु भए अनुसार उनले बाजि मारेका हुन्।


२५ औं राष्ट्रिय प्रतियोगिताको छनौटका रुपमा आयोजित स्पर्धामा समान ६.५ अंक जोडेर दोलखाका आशिष् फूँयाल द्वितीय र रौतहटका एफएम रुपेश जैसवाल तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
सूर्य विनायक नगरपालिकाको प्रायोजनमा पाँच दिन सम्म चलेको नेशनल बी चेस प्रतियोगिताका उत्कृष्ट चौथो स्थान देखि नवौं स्थान प्राप्त गर्ने खेलाडीले समान ६ अंक जोडेर राष्ट्रिय खेलमा छनौट हुन सफल भएका छन्।


प्रतिस्पर्धा मार्फत सानदार खेल प्रदर्शन गरि भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका धिरेन राई, सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारीले बाकी खेलाडीलाई पञ्छाउन सफल रहे।
यसैबीच आज सम्पन्न पुरस्कार वितरण कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले सभापतिको आषणवाट विजेता पुरुष तथा महिला खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने प्रतिबद्धता जनाएका छन्।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटाले प्रमुख अतिथिको मन्तब्य दिदै स्थानीय निकायले खेलमा लगानी गरि देशको सान बढाउनु पर्ने धारणा राखेका छन्। समापन समारोहमा महासंघका महासचिव धरमबहादुर लामा, पूर्व उपाध्यक्ष रामप्रसाद कासुला, सचिवालय सदस्यद्वय निरञ्जन प्रजापति, राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा ४० जना पुरुष र १८ जना महिला राष्ट्रिय खेलाडीले उज्बेकिस्तानमा हुने ४६ औं चेस ओलम्पियाडका लागि नेपाल च्याम्पियन सहित शीर्ष तिन खेलाडी सँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क