काठमाडौं। विदेशी खेलाडी विलियम ओपोकुको ह्याट्रिकसँगै वीरगञ्ज युनाइटेड एफसीले काठमाडौं रेजर्समाथि सानदार जीत निकालेको छ।
उसले जारी नेपाल सुपर लिगमा बिहीबार पहिलो हाफ १-१ को बराबरीमा खेलेपनि दोस्रो हाफमा तीन गोल गर्दै वीरगन्जले ४-१ को जित हात पारेको हो।
जित पछि वीरगन्जले पनि प्लेअफमा पुग्ने आफ्नो सम्भावना जीवितै राखेको छ। वीरगन्जको ६ खेलमा ८ अंक भएको छ। पाँचौं स्थानमा रहेको पराजित काठमाडौंको भने ७ खेलमा ९ अंक भएको छ।