राष्ट्रिय महिला भलिबलको उपाधि कोशीलाई

सुदूरपश्चिम ३-२ को सेटमा पराजित
Logo
Khelkud Times शुक्रबार, आषाढ २९, २०८१

बिराटनगर। पाँचौ तथा निर्णायक सेटमा ७ अंकले पछि परेको स्थिति उल्ट्याउँदै कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा च्याम्पियन भएको छ। मोरङको बिराटनगरमा बिहीबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशलाई पाखा लगाउँदै कोशी च्याम्पियन भएको हो। पुरानो गुद्री बजारको भलिबल कोर्टमा सम्पन्न दोश्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि कोशीले उत्कृष्ट शुरुवात गर्दै पहिलो र दोश्रो सेटमा सहज जित निकालेको थियोे । तर तेश्रो सेटमा पाँच अंकले पछि परेको सुदूरपश्चिमले उत्कृष्ट पुनरागमन जनाउँदै कोशीलाई २६-२४ ले निराश बनाएको थियोे । पहिलो सेटमा २५-२३ को जित निकालेको कोशीले दोश्रो सेटमा शानदार प्रदर्शन गर्दै २५-१८ को जित हात पारेको थियो । तर तेश्रो सेटमा उत्कृष्ट पुनरागमन जनाउँदै खेल आफ्नो पक्षमा पारेको सुपले चौथो सेटमा पनि समान २६-२४ को जित निकाल्दै कोशीलाई दबाबमा राखेको थियो ।

पछिल्ला दुई सेटमा कठिन जित निकाल्दै खेलमा फर्किएको सुपले पाँचौ तथा निर्णायक सेटमा अप्रत्याशित अंक जोडेर कोशीलाई पराजि गर्दै उपाधि जित्ने संकेत देखाएको थियोे । उसले पाँचौ सेटमा लगातार ७ अंक हात पार्दै खेल ७-० को स्थितिमा पुर्याउँदा कोशीका खेलाडी मात्रै नभई शमर्थक पनि निराश थिए । कतिपय समर्थक त घर फर्किन थालेका थिए। कोर्ट चेन्ज हुँदा कोशी ८-१ को दयनीय अबस्थामा पुगेको थियोे । तर त्यसपछि कोशीले नाटकीय रुपमा खेल आफ्नो पक्षमा पार्यो ।

उसले लगातार अंक हात पार्दै उपाधि आशा जिवित राख्दै खेल १३-१३ को अबस्थामा पुर्याउँदै सुपलाई दबाबमा राख्न पुग्यो । त्यसपछि कोशी झनै आक्रामक भयो र खेल १५-१३ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन भयो। यो जितसँगै राष्ट्रिय महिलाा भलिबलमा कोशीले ईतिहास पनि रच्यो। जितसँगै कोशीले नगद ३ लाख हात पारेको छ। त्यस्तै उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार रुपैयाँ हात पार्यो। प्रतियोगिताको उत्कृष्ट सेटर सुपकी रेखा ठगुन्नाले हात पार्दा उत्कृष्ट ब्लकर कोशीकी सुनिता राई, उत्कृष्ट सर्भर सुपकी नितिसा कडायत र उत्कृष्ट लिबेरो कोशीकी मनिका श्रेष्ठ घोषित भए । उत्कृष्ट प्रशिक्षक कोशीका प्रशिक्षक शैलेन्द्र श्रेष्ठ भए। उनी पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी हुन्।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि कोशीकी कप्तान सुनिता खड्काले हात पारिन । उनले नगद २० हजार रुपैयाँ समेत प्राप्त गरिन।

प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथहरु र खेल संयोजक थलु राजभण्डारी लगायतले पुरस्कार प्रदान गर्नुभएको थियोे । २२ गतेदेखि २७ गतेसम्म चलेको प्रतियोगिताको आयोजना कोशी प्रदेश खेलकुद विकास बोर्डले गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे हाम्रो बारे

हाम्रो टीम

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क

सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क सम्पर्क